कांग्रेस त्यागेर एमालेमा गए नेता जितेन्द्रनारायण देव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन् ।

देव कांग्रेसबाट यसअघि राष्ट्रियसभा सदस्य थिए भने उनी पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा संविधान सभा सदस्य पनि हुन् ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट देव कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी एमालेबाट मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।

त्यस्तै लोकतान्त्रिक पार्टीका उपाध्यक्ष तथा संविधानसभा सदस्य अकबाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् । उनी पनि पूर्वमन्त्री हुन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *