६० किलो सुन तस्करी प्रकरण : सीआईबीले बुझायो दोस्रो चरणको प्रतिवेदन

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरी मंगलबार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पछिल्लो समय यो प्रकरणमा सीआईबीले थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका फरार रहेका २६ गरी ४६ जनालाई सीआईबीले प्रतिवादी बनाएको छ । पक्राउ परेकाहरूलाई संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग र २ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ बिगो दाबी पनि गरिएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोह नै झण्डै ३२ क्विन्टल सुन तस्करीमा संलग्न रहेको खुलासा पनि गरेको छ ।

सीआईबीले उक्त अवैध सुनको भुक्तानी प्रक्रियामा संलग्न भएको भन्दै नेपालका दुईवटा पेमेन्ट गेटवे पेवेल नेपाल र सजिलो पेमेन्टका कर्मचारीलगायत ८ जनालाई पक्राउ पनि गरेको हो ।

प्रहरीले ब्रेकसुमा लुकाएर ल्याएको ६० किलो सुन २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको थियो ।

यसअघि सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ब्रेकसुमार्फत ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको आरोपमा गत वर्षको भदौ ३१ म २९ विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पक्राउ परेकामध्ये २४ जना अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर