सीआईबीको निष्कर्ष : झण्डै ३२ क्विन्टल सुन ब्रेकसु र इलेक्ट्रोनिक्स सामानमार्फत तस्करी

६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले झण्डै ३२ क्विन्टल सुन तस्करी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खुलासा गरेको छ ।

सीआईबीले यस प्रकरणमा थप २० जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ चिनियाँ नागरिक पनि छन् ।

सीआईबीले आज गरेको पत्रकार सम्मेलनको क्रममा सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले ब्रेकसु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३ हजार १ सय ९४ किलो परिमाणमा सुन तस्करी भएको जानकारी दिएका हुन् ।

उनका अनुसार ब्रेकसुमा लुकाएर ३६२ किलो ७७८ ग्राम र अन्य इलेक्ट्रोनिक सामानमा २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको सीआईबीको निष्कर्ष छ, जसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ बराबर हुन आउँछ ।

तस्करीको सुनका लागि १ खर्ब रुपैयाँभन्दा बढी रकम अनलाइनबाटै भुक्तानी भएको पाइएको एआईजी ज्ञवालीले बताए । यद्यपि, उक्त सुन कहाँ छ भन्नेबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रहरीले ब्रेकसुलगायत सामानमा लुकाएर ल्याएको ६० किलो सुन २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर