नेकपा एस महाधिवेशन : झलनाथको नेतृत्वमा अध्यक्षमण्डल, विद्युतीय मेसिनबाट मतदान

नेकपा (एमाले) विघटन भई बनेको नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन जारी छ । आइतबारदेखि सुरू भएको महाधिवेशनको सोमबार बन्दसत्र चलिरहेको छ ।

काठमाडौंकाे कमलादीस्थित प्रज्ञा-प्रतिष्ठानमा जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

पार्टीका अनुसार दस्तावेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरू गरिने छ । महाधिवेशनले २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी, नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन गरिएको छ ।

महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरिने पार्टीले जनाएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने बताइए पनि नेताहरूले अडान नछोड्दा अहिलेसम्म सहमति हुने/नहुने टुंगो छैन । अध्यक्षका लागि माधव नेपालका साथै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर