पतञ्जलिको जग्गा किनबेच रोक्न सीआईबीले मालपोतलाई पठायो पत्र

काभ्रेमा अवस्थित पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा रहेको जग्गा किनबेच रोक्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गरेको आरोपपछि गृह मन्त्रालयको निर्देशनमा यसबारे अनुसन्धान गरिरहेको सीआईबीले जग्गा किनबेच रोक्न जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआईबीले आयुर्वेद फर्म चलाउन भनेर हदबन्दी छुटमा किनिएको जग्गामा भएको अनियमितताबारे छानबिन गरिरहेको छ । यसबीच सीआईबीको टोलीले सम्बन्धित स्थानमा गएर यसबारे जाँचबुझ पनि गरेको छ ।

मन्त्रिपरिषदले काभ्रेको बनेपामा पतञ्जलि योगपीठलाई आयुर्वेद फर्म चलाउन ८१५ रोपनी जग्गा खरिदमा हदबन्दी छुट दिने निर्णय गरेको थियो । तर, पछि पतञ्जलिले त्यसमध्येको ३५३ रोपनी जग्गा बिक्री गरेको थियो ।

हदबन्दी छुटमा जग्गा खरिद गर्दा तोकिएको प्रयोजन र काममा मात्र प्रयोग गर्न पाइने र बिक्री गर्न नपाइने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर