
कांग्रेस-एमालेका शीर्ष नेताबीचको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी


नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूबीच सुरू भएको सघन संवादले आशाको सञ्चार गरेको बताए । उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए ।
उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेका बीचमा संवाद र सहकार्य हुनुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गर्नुपर्ने बताए ।
‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा (एमाले) का शिर्ष नेताहरूबीच सुरू भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरूका बीच संवाद र सहकार्य आवश्यक छ,’ सांसद गिरीले भने, ‘यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ ।’
उनले कांग्रेस-एमालेका शीर्ष नेताहरूका बीचमा भएको भेटवार्तालाई सकारात्मक रूपमा लिन पनि आग्रह गरे ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया