
चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम : सञ्चारमन्त्री शर्मा


फाइल तस्बिर ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छन् ।
आइतबार चलचित्र विकास बोर्डको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र मनेरञ्जनको साधन मात्रै नभई सन्देश दिने प्रभावकारी माध्यम रहेको बताइन् । उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरू परिणाममा पुर्याउने कुरा चुनौतीपूर्ण रहेको बताइन् ।
उनले सबै चलचित्रकर्मीहरूको अभिलेखलाई डकुमेन्टेशन गर्ने र दोलखामा फिल्म सिटी बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने उनले बताइन् ।
मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइन् । उनले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउने कुरामा सरकार संवेदनशील रहेको बताएन् ।
प्रतिक्रिया