मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठकमा सरकारका एक जना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरू भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुरू भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहन्छु ।’

सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *