एकीकृत समाजवादीको महाधिवेशन बन्दसत्र सुरु

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने छ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्ताबेज माथि छलफल गरिने जानकारी दिए । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर