
चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन्। आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
उनले आफू बोर्डको नेतृत्वको अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताए। चलचित्र ऐन छिटोभन्दा छिटो पारित गर्न उनले आग्रह गरे।
उनले भने, ‘आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु। चलचित्र ऐन मन्त्रीज्यु र सचिवज्युकै पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु। मेरो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको छ। चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको छु। चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको छ। चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको छु। बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको छ।’
अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिए।
प्रतिक्रिया