
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबीच समसामयिक विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजोको भेटवार्तामा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए । त्यसयता नेतहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।
प्रतिक्रिया