डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ ।

यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.०८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *