संसद भवनका ओभरसियरविरूद्ध भ्रष्टाचार मुद्दा

संघीय संसद भवन नयाँ बानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स ओभरसियर जीवनप्रसाद अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायकस्तर प्रथम प्रा.) पदमा नियुक्ति लिएको आरोपमा उनीविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिनको माग राखेर अख्तियारमा उजुरी परेको थियो । अख्तियारका अनुसार अधिकारीले भारतको कोलकतास्थित द इन्स्टिच्युशन अफ इन्जिनियर्सबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सो पदमा नियुक्ति लिएको पाइएको छ ।

उनको उक्त कार्य भ्रष्टाचार हुने ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिएर मुद्दा दर्ता गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर