हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ, बिनापैसा कुनै काम हुँदैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बिनापैसा कुनै पनि सरकारी सेवाहरू प्राप्त गर्ने परिस्थिति नरहेको बताए । उनले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्ने बारेमा काम गर्न आवश्यक रहेको बताए ।

‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । बिनापैसाको कुनै काम हुँदैन । सेटिङहरू मिलाइएको छ,’ अध्यक्ष नेपालले भने, ‘त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखापर्छ । काम र व्यवहारमा देखापर्छ ।’

उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताए । उनले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरूरी रहेको बताए । उनले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरूमा एकता र सहमति आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले नेकपा (एमाले) प्रति लक्षित गर्दै एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर