समस्याग्रस्त सहकारीका कागजात मगाउने छानबिन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरू माग्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको ७ औं बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समितिअन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजातहरू माग्न पत्राचार गर्ने निर्णय गरेको हो ।

समस्याग्रस्त सहकारीहरूका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरू आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१/०६२ मा सहकारी अध्ययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको पनि उनले बताए ।

समितिले सहकारीसँग सम्बन्धित ८ वटा अध्ययन, छानबिन, जाँचबुझ आयोगसहितका विषयमा प्रतिनिधिमूलक ढंगले कुरा सुन्ने काम गरेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर