
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त झालाई ७ दिन हिरासतमा राख्न अनुमति


नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणमा पक्राउ बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
शुक्रबार पक्राउ गरेर आइतबार काठमाडौं जिल्ला अदालत पेस गरिएका उनलाई अदालतले ७ दिन हिरासतमा लिन अनुमति दिएको हो ।
झालाई उच्च राजनीतिक संलग्नताका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनले यस प्रकरणमा मन्त्रालय र राजनीतिक व्यक्तिहरूका बीचमा सम्बन्ध विकास गराएर घुस लिई बिचौलियाको काम गरेको आरोप छ ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया