सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ भन्सार छलेर लैजान लागेको सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

२२० ग्राम तौलको सुनको बाला ४ थान र औंठी १ थानसहित भारतीय महिला ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो । उनको जाँच गर्दा चाँदीको लेप लगाइएको सुनका गहना फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर