लाेकतन्त्र जनताले बचाउँछन्, नेताहरूले देश बनाउने कुरामा चिन्ता गरौं : रवि लामिछाने

उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुक अफ्ठ्यारोमा छ भन्ने कुरा २००७ सालदेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताए । उनले मुलुकललाई अफ्ठ्यारो जनता, किसानले नभई नेतृत्वले नै पारेको जिकिर गरे ।

उनले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताए । उनले लोकतन्त्र खतरामा भए नेताहरूले चिन्ता गर्ने कुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए ।

‘मुलुक त सधैं खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ । सधैं अफ्ठयारो पर्ने रहेछ । त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन् ? किसान, मजदुरले, काम गरेर खाने मान्छेहरूले कसले अफ्ठ्यारोमा पार्‍याे ?,’ प्रश्न गर्दै लामिछानेले भने, ‘म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ, त्यतिबेला मुलुक जहिल्यै पनि अफ्ठ्यारोमा पर्छ । नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । अलगअलग भयो ।’

उनले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर