महाकाली नदीमा बगेर मजदुर बेपत्ता

कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका-४, साजघाटका धनबहादुर गुरूङ बेपत्ता भएका हुन् ।

बेपत्ता गुरूङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर