भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा प्रतिस्पर्धा गरौं : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । उनले देशको सामाजिक-आर्थिक रूपान्तरण कसरी हुन्छ, कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्ने बारेमा पनि सोच्न जरूरी रहेको बताए ।

उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरू रहेको बताए । उनले गम्भीर राष्ट्रिय सवालमा एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए ।

सम्मानित नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ तिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताए । पार्टीको नयाँ नेतृत्व सकेसम्म एकै आवाजका साथ सहमतिबाट गर्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर