एकीकृत समाजवादीको दस्तावेजमा आफूलाई अस्थिर भनेको प्रति प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्तावेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विभिन्न राजनीतिक शक्तिहरूको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति भने पनि आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाए ।

राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै उनले यसबारे पुनर्विचार गर्न भने आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि बताए । उनले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने र आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गरे ।

‘प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । प्रचण्ड अलि अस्थिर (इन्भर्टेड कमाको अस्थिर है, फेरि साँच्चै अस्थिर नठान्नू) नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो । अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइपुग्ने पनि थिएनौँ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद नभई गड्गडाउँदो नदीजस्तो भएर हुर्रिनु नै मार्क्सवाद भएको बताए । उनले मार्क्सवाद जमेको पोखरीजस्तो नभएको बताए । उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु मार्क्सवाद भएको बताए ।

प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिष्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताए । कम्युनिष्टहरूले निराशावादी भएर सोच्न नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर