गलत बकपत्र दिने सरकारी साक्षीविरूद्ध अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँकेको डुडुवा गाउँपालिका-६ का मकरध्वज पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उनले नेपालगञ्ज सबडिभिजन वन कार्यालय, राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रूपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग लिएको सात हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुनविपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर