![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
निकुञ्जका कर्मचारी मृत फेला
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![निकुञ्जका कर्मचारी मृत फेला](https://www.pardafas.com/wp-content/uploads/2023/03/Death-Body.jpg)
फाइल तस्बिर।
मकालु वरूण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदाङ्नागढीमा मकालु वरूण राष्ट्रिय निकुञ्जका प्रथप्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया