संसद कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् ।

६६ औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज काठमाडौँमा भएको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए ।

‘कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरूरी छ,’ सभामुख घिमिरेले भने । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैँले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्न सकेमा महत्त्वपूर्ण हुने बताए ।

पूर्वसांसद मञ्चले समयसमयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो । पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखीकरण गर्ने काम गरिरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर