किन बढ्दै छ शीर्ष नेताहरूको दौडधुप ?

सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूले राजनीतिक भेटघाट र छलफल बढाएका छन् । पछिल्लो दुई दिनमा देखिएको शीर्ष नेताहरूको दौडधुपले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । सार्वजनिक वृत्तमा उनीहरूको यस्तो सक्रियतालाई सरकार परिवर्तनको संकेतका रूपमा हेरिँदै छ ।  तर, नेताहरूले यसबारे खुलेर बोलेका छैनन् ।

यसैबीच आइतबार सत्तारूढ तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हाे ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यसअघि शनिबार एमाले अध्यक्ष ओलीसँग उनको निवास बालकोट पुगेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ ।

तर, अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि गएको बताइएको छ । प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पनि यो नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर