संसद बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् ।

उनले संसदमा फोटो खिच्न आफूले नपाउने भए पनि संसद दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् ।

‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौं,’ उपसभामुख रानाले भनिन्, ‘जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौं । यी आवाजहरू एकछिनमा हामी सुन्न पाउँदैनौं ।’

यस्तै उनले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् ।

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर