महाधिवेशनअघि एकीकृत समाजवादीको र्‍याली, एमाले अध्यक्ष ओली शुभकामना दिन नजाने

नेकपा (एमाले) विघटन भई बनेको नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन आजदेखि सुरू भएको छ । असार २० गतेसम्म हुने महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

महाधिवेशनको उद्घाटन सत्रअघि भृकुटीमण्डपबाट र्‍याली निकालिएको छ । र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुनेछ ।

उद्घाटन र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो भने अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू पनि सहभागी थिए ।

एकीकृत समाजवादीमा १ हजार ८७८ जना महाधिवेशन प्रतिनिधि छन् ।

यसैबीच, एकीकृत समाजवादीको महाधिवेशनमा शुभकामना दिन एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् ।

महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेतालाई निम्तो गरिए पनि अध्यक्ष ओली भने सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर