बैतडीमा घरको छतमा खस्यो ट्र्याक्टर, दुई बालिका घाइते

बैतडीमा घरको छतमा ट्र्याक्टर खस्दा दुई बालिका घाइते भएका छन् ।

मेलौली नगरपालिका-३, तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्र्याक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

ढुङ्गा बोक्दै गरेको ट्र्याक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्र्याक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर