भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला

चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । मृत फेला पर्नेमा ५६ वर्षीय पियान छाङ्गसिन छन् ।
उनी बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका थिए । उनी यही असार १० देखि उक्त होटलमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेजराज रिजालले बताए ।

‘उनको शव आज (आइतबार) बिहान फेला परेको हो । होटलको बाथरुममा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो,’ डीएसपी रिजालले पर्दाफासलाई भने, ‘मृत्युको कारण खुलिसकेको छैन । थप अनुसन्धान गर्दै छौं ।’

पियान कहिले नेपाल आएका थिए, कति समयदेखि यहाँ बस्दै थिए र उनी कुन भिसामा आएका थिए भन्नेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर