
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


फाइल तस्बिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुई नेताबीच सरकार सञ्चालनसहित समसामयिक विषयमा छलफल भएको छ । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो । शीर्ष नेताहरूबीचको यी भेटलाई चासोका साथ हेरिएको छ ।
प्रचण्ड काे निद हराम भयाे कि