२०१ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाबाट बारा प्रहरीले दुई सय एक किलो लागुऔषध गाँजाका १६ वटा पोका, लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजासहित लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीका चालक धादिङ नीलकण्ठ नगरपालिका- ८ का २२ वर्षीय सुजन अधिकारी र गाडीका सह–चालक धादिङ ज्वालामुखी गाउँपालिका- १ का २३ वर्षीय रमेश नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सिम्रौनगढ नगरपालिका- ५ ठुलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइछिपाइ लागुऔषध राखिएको विशेष सूचनाको आधारमा प्रहरीले गए राति साढे १० बजे लागुऔषध गाँजा र ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरी हिरासतमा राखी लागुऔषध ओसारपोसार मुद्दामा थप अनुसन्धान सुरु गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *