विश्वकप जितेसँगै विराट र रोहितले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटका दुईजना दिग्गज खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

शनिवार सम्पन्न आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि जिते लगतै कप्तान रोहित शर्मा र पूर्व कप्तान समेत रहेका विराट कोहलीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

खेल सम्पन्न भएपछिको आयोजिन पत्रकार सम्मेलनको क्रममा कप्तान रोहितले सन् २०२४ को टी–२० विश्वकप आफ्नो अन्तिम टी–२० इन्टरनेशनल क्रिकेट रहेको बताए। उनले भारतको लागि उपाधि जित्नु आफ्नो सपना र लक्ष्य रहेको र त्यो पूरा भएका कारण े टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएको बताए।

उनले भारतको टेस्ट र वान डे क्रिकेट भने खेल्ने पनि बताए। रोहित अघि विराट कोहलीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरे। खेल सम्पन्न भएपछि म्यान अफ दी म्याचको अवार्ड लिँदै उनले यो आफ्नो अन्तिम टी–२० इन्टरनेशनल क्रिकेट रहेको बताए।

उनले भारतलाई उपाधि दिलाउने सपना पूरा भएको र अब टी–२० मा नयाँ पीढिलाई मौका दिने समय आएका कारण सन्यास लिने निर्णय गरेको बताए।

रोहित शर्माको कप्तानीमा भारतले १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि जितेको छ। यसअघि सन् २००७ मा आयोजित टी–२० विश्वकपको उपाधि भारतले जितेको थियो।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजिन सन् २०२४ को आईसिसी टी–२० विश्वकपको फाइनलमा साउथ अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि हात पारेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर