दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो दोस्रो पटक टी–२० विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो दोस्रो पटक टी–२० विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक उपाधि जितेको छ । वेस्ट इन्डिजस्थित बार्बाडोसको मैदानमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकप २०२४ को उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो । भारतको ब्याटिङतर्फ गर्दा विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । अक्षर पटेलले ४७ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । भारतका लागि हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै १९ रनमा तीन विकेट लिए । दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो । तर अन्तिम ओभरमा भारतीय टोलीले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै दक्षिण अफ्रिकाको पराजित गरेको छ ।

भारत दोस्रो पटक टी–२० विश्वकपको च्याम्पियन बनेको छ । सन् २००७ मा भारतले पहिलो पटक यो ट्रफी जितेको थियो । योसँगै भारत दोस्रो पटक टी–२० उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि इंग्ल्याण्ड र वेस्ट इन्डिजले दुई पटक विश्वकप जितेका थिए । सन् २०१३ देखि जारी आईसीसी ट्रफीको खडेरी र १७ वर्षदेखि जारी टी–२० विश्वकपको खडेरी भारतले अन्त्य गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर