बनेपाको यातायात व्यवस्था कार्यालय उद्घाटन

काभ्रेपलाञ्चोक जिल्लाको  बनेपामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शनिबार एक कार्यक्रमका बीच बनेपामा रहेको यातायात व्यवस्था कार्यालय उद्घाटन गरे।

बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र  सिन्धुली जिल्ला कार्यक्षेत्र रहने गरी  कार्यालय संचालनमा आएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा यातायातमन्त्री लम्सालले दुई राष्ट्रिय राजमार्ग जोडिएको बनेपामा यातायात व्यवस्था विभागको कार्यालय रहनु आफैँमा महत्वपूर्ण कुरा भएको बताए। उनले अरनिको राजमार्ग भएर चीन र बिपी राजमार्ग भएर भारतसँग सीमा जोडिन पुग्ने महत्त्वपूर्ण राजमार्गमा कार्यालय स्थापना हुनु ऐतिहासिक महत्त्व भएको बताए।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादे, रत्न ढकाल, रुकु चौलागाईं, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइ, यातायात व्यवसायी आत्मराम थापा लगायतले यातायात क्षेत्रका समस्याको समाधानका लागि काभ्रेपलान्चोक जिल्लामा रहेको यातायात व्यवस्था कार्यालय प्रभावकारी  हुने कुरा बताएका थिए।

बनेपामा रहेको यातायात व्यवस्था कार्यलयबाट प्रारम्भिक चरणमा सवारी दर्ता/नामसारी/नविकरण/प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण/परीक्षण) सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नविकरण सम्बन्धी सेवा प्रदान गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर