समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन्।

शनिबार काठमाडौँमा पुष्पलाल जन्मशताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको बताए।

उनले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलोठूलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।

उनले अहिलेको परिस्थितिमा गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए। उनले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ। अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनु हुँदैन। तर गम्भीर हुनुपर्ने आवश्यकता छ। कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन ल्याएका छन्। तरंग सिर्जना गरेका छन्। अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ। हामीले नेपाली विशेषताको समाजावादका कार्यक्रम ल्याउँदै छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *