महाधिवेशनमा भेला, छलफल हुनुलाई स्वभाविक रुपमा लिनुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन्।

अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प लिएकोसमेत बताए।

उनले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताए। उनले विगतमा गुटले कम्युनिष्ट पार्टीको ठूलो नोक्सान पुर्‍याएको र अहिलेको महाधिवेशनमा नेताहरु एकताबद्ध भएर अघि बढुन् भन्ने नेता, कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको पनि बताए।

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविकै हो। उनले गुटबन्दी पार्टीमा नहोस् भन्ने कुरामा आफूहरु सचेत रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *