किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री दाहालले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा  गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताएका हुन् ।

वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने उनको भनाइ छ ।

‘धेरै मेहनतपछि अब मल आउँदैछ । तर त्यो मल आइसकेपछि पनि वितरण प्रणाली व्यवस्थित भएन भन्ने जनगुनासो पनि मैले सुनेको छु । त्यो वितरण प्रणालीलाईं व्यवस्थित गर्ने हो भने गत साल पनि मलको धेरै हाहाकार भएको होइन । मल आवश्यक मात्रामा व्यवस्था गरिएको हो । र यस वर्ष पनि मलको व्यवस्था हुन्छ । यो पनि एउटा तत्व हो भने उचित बीउबिजनको विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सरकारले खेतीबालीका लागि सिँचाइको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *