![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
गुल्मी पहिरो अपटेड : एकै घरका पाँच जनाको मृत्यु
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![गुल्मी पहिरो अपटेड : एकै घरका पाँच जनाको मृत्यु](https://www.pardafas.com/wp-content/uploads/2024/06/pahiro-3-1.jpg)
फाइल फाेटाे
गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ ।
घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।
प्रतिक्रिया