
भारतको नयाँ विदेश सचिवमा विक्रम मिश्री नियुक्त


भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले उनलाई विदेश सचिवमा नियुक्त गरेको हो ।
उनी यसअघि डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। जुलाई १५ बाट उनले कार्यभार सम्हाल्ने बताइएको छ ।
अहिलेका विदेश सचिव विनयमोहन क्वात्राको कार्यकाल जुलाई १४ मा सकिँदै छ । क्वात्रा १९८९ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए।
यता ५९ वर्षीय मिश्रीले तीनजना प्रधानमन्त्री इन्दरकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरिसकेका छन् ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया