एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भड्किरहेका हुन्थ्यौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) बाट विद्रोह गरेर न्यायोचित काम गरेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताए । उनले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए ।

उनले आफूहरूले मुलुकलाई सही दिशामा अगाडी बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरू गल्लीमा भड्किरहेको अवस्थामा हुने बताए । आफूहरूले आत्मसर्मपण नगरेको उनको भनाइ थियो ।

‘नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍याैँ । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो,’ अध्यक्ष नेपालले भने, ‘आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौं । हामीले समर्पण गरेनौं । धेरै मान्छेलाई निराश हुनबाट जोगायौं । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौं ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताए । उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए । आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने उनको दाबी थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *