जबज ओठेभक्ति होइन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

शुक्रबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । उनले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताए ।

अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए । उनले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरूलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताए । उनले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताए । उनले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर