सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु
१४ असार २०८१ १८:१७
सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका-१ की ६४ वर्षीया गोमा आलेमगरको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
यसैबीच चट्याङबाट लालबन्दी नगरपालिका-१७, गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका-१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया