मंगोलियामा संसदीय निर्वाचन सुरू

मंगोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले शुक्रबार उलानबाटोरमा भएको नियमित संसदीय निर्वाचनमा सक्रिय मतदाता सहभागिताको महत्त्वलाई जोड दिँदै मतदान गरेका छन् । संसद स्थापना गर्न सबैको प्रयास चाहिने भन्दै उनले संसदीय निर्वाचनमा मतदानलाई बेवास्ता गर्न नहुने बताए ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा देशको संसदको राज्य ग्रेट खुरलको निर्वाचनमा २० प्रतिशतभन्दा बढी मतदान भएको आमनिर्वाचन आयोगले जनाएको छ । मंगोलियाली जनताले सन् १९९२ मा भएको पहिलो संसदीय निर्वाचनबाट आफ्नो नवौं संसदीय निर्वाचनमा भाग लिइरहेका छन् । राष्ट्रपतिले निर्वाचनमा अहिलेसम्म सबैभन्दा धेरै सहभागी दल, गठबन्धन र स्वतन्त्र उम्मेदवारहरू रहेको बताए ।

संसदीय निर्वाचनमा १२६ सिटका लागि १९ राजनीतिक दल र दुई गठबन्धनका १ हजार ३ सय ४१ उम्मेदवार र ४२ स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको जीईसीले जनाएको छ । आयोगका अनुसार ३५ लाख जनसंख्या भएको मंगोलियामा यो वर्ष २० लाख ६३ हजार ९२४ मतदाता दर्ता भएका छन् । राष्ट्रिय राजधानी उलानबाटोर र देशका सबै २१ प्रान्तका नौ जिल्लाका २ हजार १९८ मतदान केन्द्रमा बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदाताले आफ्नो मत हाल्न सक्नेछन् ।

निर्वाचन मिश्रित निर्वाचन प्रणालीअन्तर्गत हुने गरी ७८ जना सांसद बहुमतीय र ४८ जना समानुपातिक निर्वाचनबाट निर्वाचित हुने जीईसीले जनाएको छ । देशको संसद चार वर्षको कार्यकालमा एक सदनात्मक प्रणालीमा चल्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर