एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

एनएमबी बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस-२०२४ का अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमएसएमईका ग्राहकहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटलाइजेशनजस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नका लागि उत्प्रेरित गरिएको थियो ।

कार्यक्रममा उपस्थित ग्राहकहरूबीच एकआपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्द्धन गर्नका लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आइपरेका विभिन्न समस्याहरू समाधान गर्नका लागि सुझाव दिइएको थियो । उपस्थित केही ग्राहकहरूले आफ्ना सफलताका कथाहरूसमेत सुनाएका थिए ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आइरहेको छ । यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक ‘दि फिनान्सियल टाइम्स’, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एशिया-२०२१’ उपाधिबाट सम्मानित बैंक हो ।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्शन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर