दक्षिण एशियाली राष्ट्रहरूमा घटेन बालविवाह

दक्षिण एशियाली राष्ट्रहरूमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरूले बताएका छन् । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बैठकले बालविवाहमा कमी आउन नसकेको बताएका हुन् ।

काठमाडौंमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भुटानलगायतका देशमा काम गरिरहेका संस्थाहरूले अझै पनि बलपूर्वक बालविवाह राउने चलन रहेको निस्कर्ष निकालेका छन् । नेपालको मधेस प्रदेश र कर्णाली प्रदेशमा बालविवाह गर्ने प्रचलन अझै उस्तै अवस्थामा रहेको उनीहरूले औंल्याएका छन् ।

बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलकी एशिया प्यासेफिक निर्देशक भाग्यश्री देंगलेले बालिका विवाहसँग जोडिएको कूरीति अझै हट्न नसकेको बताइन् । नेपाल, बंगलादेश र भारतमा बालिका विवाहसँग जोडिएको परम्परागत र सांस्कृतिक मान्यताले बलपूर्वक गरिने विवाहलाई नै प्रश्रय दिएको उनले ताइन् । यसले बालविवाहमा कमी आउन नसकेको उनको भनाइ छ ।

उनले सरकार तथा सामाजिक संघसंस्थाले चलाएको शैक्षिक जागरणले केही कमी आएजस्तो देखिए पनि विवाह गराउने दरमा कमी नआएको बताइन् । बालिका विवाह रोक्न अहिले सञ्चालन गरिएको कार्यक्रमको गतिलाई बढाउन आवश्यक रहेको उनले बताइन् । बालिकाहरूमा शिक्षा र निर्णय क्षमता बलियो बनाउन सके बलपूर्वक गराइने विवाह रोक्न सकिने उनले बताइन् ।

दक्षिण एशियाली देशमा प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड जापान, एसओएस चिल्ड्रेन भिलेज, वर्ल्ड भिजनजस्ता संस्थाले ज्वाइनिङ फोर्स नामको समूह बनाएर काम गरिरहेका छन् । यही ज्वाइनिङ फोर्सको काठमाडौंमा भएको बैठकले मुख्य गरेर बालिका विवाह र शिक्षामा काम गर्ने गरी कार्यक्रम चलाउने निर्णय गरेका छन् ।

यस अवसरमा नेपालमा बालबालिकाको क्षेत्रमा ३० वर्षयता भएका उल्लेख्य काम र विद्यमान कमजोरीको विषय समेटिएको एक प्रतिवेदन पनि सार्वजनिक गरेका छन् । प्रतिवेदनमा बालबालिकामाथि अझै असुरक्षा रहेको, उनीहरू यौन हिंसामा पर्ने गरेको, कुलतमा फस्ने डर बढ्दै गएको, साइबर अपराध र अन्य अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको अवस्था रहेको देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर