प्रहरीमा चरम राजनीतिकरण छ, नेतापिच्छेका प्रहरीका हाकिम छन् : सांसद गुरूङ

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरूङले नेपाल प्रहरीमा चरम राजनीतिकरण रहेको बताएका छन् । नेतापिच्छेका प्रहरीका हाकिम रहेको उनले बताए । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरूङले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राजनीतिक दलहरूले प्रहरीलाई पंगु बनाएको र प्रहरीले स्वतन्त्र रूपमा काम गर्ने अवस्था नरहेको बताए ।

‘नेपाल प्रहरीमा यति धेरै राजनीतिकरण भयो बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र, हामी राजनीतिक दलहरुले प्रहरीलाई पंगु बनाएका छौं,’ सांसद गुरूङले भने, ‘यति धेरै राजनीतिकरण भयो, पार्टीकरण भयो; गुटकरण भयो; व्यक्तिकरण भयो अहिले, नेता-नेताको प्रहरीको हाकिम छन् । प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन अहिले ।’

प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता पुष्टि गर्न नसकेको उनको भनाइ छ ।

उनले गणतन्त्र स्थापनापछि यतिका वर्ष भइसक्दा पनि राज्यका संयन्त्रहरू लोकतान्त्रिक हुन नसकेको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित राज्यका सबै संयन्त्रलाई गणतन्त्रमैत्री बनाउनुपर्ने र त्यसो हुन नसके गणतन्त्रले आफ्नो प्रतिफल प्राप्त नगर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *