तीन करोडभन्दा कमका योजनाहरूमा थप बजेट विनियोजन गरियोस् : सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले ३ करोड रूपैयाँभन्दा कम विनियोजन भएका योजनाहरूमा थप रकम विनियोजन गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले तीन करोडमुनिका योजनाहरू प्रदेश सरकार र स्थानीय सरकारलाई कार्यान्वयन गर्न दिँदा संघ सरकारसँग योजना नै नरहने बताए ।

उनले मन्त्रालयगत बजेट हेर्दा ९० प्रतिशतभन्दा बढी योजनाहरू ३ करोड रूपैयाँभन्दा मुनिका रहेका बताए । उनले १६५ वटै निर्वाचन क्षेत्रमा बहुवर्षीय ठेक्का स्वीकृत हुने गरी बजेट थप गर्नुपर्ने बताए ।

सांसद दाहालले एसईई परिक्षामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण भएका भन्दै यसको सम्बन्धमा गम्भीर अध्ययन हुन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *