सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजना लागेको सुनसहित तीन जना पक्राउ परेका छन् ।

करिब ५० ग्राम तौलको सुन २ थान सुनको सिक्रीसहित बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका-१६ का ३३ वर्षीय अशोक पासवान, धनुषाको सबैला नगरपालिका-१३ का ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौंको तारकेश्वर नगरपालिका-२ की २४ वर्षीया आशिका केसी छन् ।

कतार एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आशिकाले उक्त धातु भन्सार छली गर्न लगाएर विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट लैजान लाग्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *