टेरामक्स प्रविधिले कल बाइपास गरेर हुने अर्बौं रूपैयाँ घोटाला रोक्छ : सांसद बस्नेत

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर कल बाइपास गरी हुने गरेको अर्बौं रूपैयाँ घोटाला रोक्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर हुने अर्बौं रूपैयाँ घोटाला रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् । उनले टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए ।

‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरणलाई नियन्त्रण गर्छ,’ सांसद बस्नेतले भने, ‘संसारभरि यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन । नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला भएको छ ।’

उनले आफूले आँट गरेर सो विधिको सुरूआत गरेको बताए । उनले आफूलाई टेरामक्स प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए ।

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *