रामेछापमा बस दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

रामेछापको लिखु तामाकोशी गाउँपालिका-६, खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

सोही वडाको गैरी हुँदै मन्थलीतर्फ जाँदै गरेको बा५ख५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ ल्याइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर